‘‘यसकारण हामी भाेली देशव्यापी आमहड्ताल आव्हान गर्दछाैँ’’ (विज्ञप्तिसहित)
- गाउँ सहर संवाददाता
- २१ माघ बुधबार, २०७७ | १४:२५:०० मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।
प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि नेकपाको दाहाल-नेपाल समूहले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हाे ।
नेकपा केन्द्रीय संघर्ष समितिले आज पत्रकार सम्मेलन गरेर भोलि आमहड्ताल गर्ने घोषणा गरेको हो ।संवैधानिक आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय
सुनुवाइबिना नै आज बिहान पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो । त्यसकै विरोधमा आमहड्ताल घोषणा गरिएको हो ।
देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सरकारले गएको मंसिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो । असंवैधानिक तरिकाले अध्यादेश ल्याएर नियुक्त गरेका संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएर जबर्जस्ती नाटक गरिएको संघर्ष समितिका सह–संयोजक पम्फा भुसालले बताइन् ।
उक्त समूहले बुधबार साँझ मसाल जुलुस गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन गरिरहेको छ । उक्त समूहले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस