समाज

कर्मचारी र पदाधिकारीकै संरक्षणमा रातारात काठ तस्करी

धनगढी । कैलालीमा वन कर्मचारी र पदाधिकारीकै संरक्षणमा रातारात काठ तस्करी हुने गरेको पाइएको छ । जिल्लाकै गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरमा रहेको शिवशंकर सामुदायिक वन क्षेत्रबाट रातिको समयमा सालका गोलिया तस्करी भएको सूचनापछि सोमबार सव–डिभिजन वन कार्यालय बढैपुरको समूह अनुगमनमा गयो । 

वन अधिकृत चन्द्रबहादुर भण्डारीसहितको समूहले सामुदायिक वन क्षेत्रबाट तस्करी गरिएको काठ वनका पदाधिकारीले बरामद गरेको पायो । 

सामुदायिक वनका पदाधिकारीले सालको गोलिया बरामद गरेको र जंगल क्षेत्रमा रातिको समयमा तस्करी हुँदै आएको सव–डिभिजन वन कार्यालय बढैपुरका प्रमुख भण्डारीले बताएका छन् । ‘जंगल क्षेत्रमा भेटिएन तर सामुदायिक वन क्षेत्रमा समेत अनुगमन गर्यौं। सामुदायिक वनले नियन्त्रणमा लिएको काठको तथ्यांक ल्याएका छौ’ उनले भने। 

तर सामुदायिक वनले घाटगद्दिमा राखेको सालको काठ समेत चोरी हुँदै आएको आरोप लागेको छ। सामुदायिक वनका पदाधिकारी, वनका कर्मचारीहरुको संलग्नतामा तस्करहरुले रातिको समयमा जंगल क्षेत्रसंगै घाटगद्दिमा भएको सालको काठ चोरी गर्दै आएको आरोप लागेको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत