समाज

१२ जुवाडे पक्राउ

काठमाडौँ । प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका ९ सिनामंगलस्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार १ सय १० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत