अर्थतन्त्र

 २ अर्ब माथिको आईपीओ खुल्दैँ

काठमाडौँ । विभिन्न ६ कम्पनीले २ अर्ब बढी रुपैयाँको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेका छन् । ग्रीन लाइफ हाइड्रोपावर, महिला लघुवित्त, ज्योति लाईफ इन्स्योरेन्स, साहस उर्जा, सामलिङ्ग पावर र बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्न लागेका हुन् । 

ग्रीन लाइफ हाइड्रोपावर

ग्रीन लाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री गर्न लागेको हो ।

कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।  यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । 

महिला लघुवित्त

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण शेयर (आईपीओ) बिक्रि खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता शेयर विक्री गर्न लागेको हो । 

संस्थाको जारी पुँजी १० लाखको ४० प्रतिशत हुन आउने ४ करोड रकम बराबरको जारी गर्न लागिएको ४ लाख कित्ता शेयर मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधरणलाई छुट्याइएको शेयर मध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेको जनाइएको छ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

ज्योति लाईफ इन्स्योरेन्स 

ज्योति लाईफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।  यसको विक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्ने भएको छ ।

साहस ऊर्जा  

साहस ऊर्जा लिमिटेडले जारी पुँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ  । कम्पनीले सोलु खोला (दूधकोसी) जलविद्युत् परियोजना निर्माण गरिरहेको छ । उक्त नदीमा ८६ मेगावाटको सोलुखोला जलविद्युत् आयोजना निर्माण भइरहेको छ । परियोजनमा जम्मा लगानी ११.८६ अर्ब रुपैयाँ छ  । परियोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा ९ वटा बैंक तथा वित्तीय संस्थाबाट ८.६५ अर्ब रुपैयाँ लगानी भएको छ । 

सामलिङ्ग पावर

सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओे) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन गर्न प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटललाई र निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । 

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यसको विक्री प्रबन्धक सिभिल क्यापिटल रहेका छ ।

गाउँ सहर डेस्क

तपाईँको मत