अर्थतन्त्र

कीर्तिपुर नगरपालिका र कृषि बिकास बैंकबीच बैंकिङ्ग कारोबार सम्झौता सम्पन्न

काठमाडौँ । कीर्तिपुर नगरपालिका र कृषि बिकास बैंकबीच बैंकिङ्ग कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । किसान तथा विश्वविद्यालयको सहर भनेर चिनिने देशको पुरानो नगरपालिका कीर्तिपुर नगरपालिकाले आप्mना सम्पूर्ण बैंकिङ्ग कारोबारहरु कृषि विकास बैंक मार्फत गर्ने गरी मिति माघ १९ गते सम्झौता सम्पन्न गरेको छ । देशको पुरानो बैंक र राजनैतिक तथा प्रशासनिक महत्व राख्ने पुरानो नगरपालिकाबीच बैंकिङ्ग कारोबार गर्ने संझौताले नगरपालिकाको बैंकिङ्ग कारोबारमा सहजता हुन विश्वास राखिएको छ ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जन र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सम्झौता गरेका छन् । पाँच बर्षे सम्झौता पत्र आदन प्रदान गदै नगर प्रमुख महर्जनले भने, सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पुरानो तथा किसानको बाहुल्यता रहेको नगरपालिकासँग प्रत्यक्ष रुपमा जोडिन पाउँदा संस्था गौरवान्बित भएको बताए । नगरपालिकाको बैकिङ्ग सेवा प्रवाहमा गुणस्तरीयता प्रदान गर्दै नगरपालिकाका सेवा ग्राहीहरुलाई सहज रुपमा सेवा प्रदान गर्न यस सहकार्यले थप अवसर सृजना गरेको कुरा उपाध्यायले उल्लेख बताएका छन् ।  

पाँच बर्षको लागि भएको सम्झौतामा बैंकले नगरपालिकाको सम्पुर्ण सरकारी कारोबार गर्नेछ  भने नगरपालिकाका स्थायी कर्मचारीलाई बिना धितो १५ लाखसम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ । 

देशका ७७ जिल्लामा नेटवर्क रहेको बैंक र किसान तथा विद्यार्थीहरुको सहर वीचको सम्वन्धले बैंकिङ्ग सेवालाई सहज वनाई वित्तीय सेवा व्यवस्थापनमा सहयोग पुग्ने देखिन्छ । बैंकले नगरपालिका क्षेत्रमा कारोबार गर्ने किसान, विद्यार्थी तथा उद्यमिका लागि सहुलियत दरमा कृषि, शैक्षिक तथा व्यावसायिक कर्जा प्रदान गर्ने जानकारी दिएको छ । उक्त सम्झौताले नगरपालिकाको एकिकृत बैंकिङ्ग कारोबारमा सहजता हुनेछ । सम्झौता अनुसार बैंकले नगरपालिका र नगरपालिकामा आवद्ध कर्मचारीलाई निःशुल्क विद्यूतिय भुक्तानीका सेवा उपलब्ध गराउने छ भने संस्थागत सामाजिक उत्तरदायित्वको निश्चित रकम नगरपालिका मार्फत खर्च गर्नेछ । 

सम्झौता समारोहमा नगरपालिकाको तर्फबाट नगर उप–प्रमुख एवं प्रवक्ता सरस्वती खडका, प्रमुख प्रशासकिय अधिकृत सिता परियार लगायत अन्य पदाधिकारीेको उपस्थिती रहेको थियो । त्यसैगरी, बैंकका तर्फबाट उप–महाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, धु्रव चन्द्र गौतम, दिर्ध वहादुर अर्याल, वाग्मती प्रदेश प्रमुख सुन्दर प्रसाद खतिवडा, सम्वृद्धि कार्की, विनोद कोइराला लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । नगरपालिकाका लेखा प्रमुख मित्र प्रसाद घिमिरेद्वारा संचालित कार्याक्रमको मुल उद्धेश्य बैंक र नगरपालीका विच एकिकृत बैंकिङ्ग कारोबार गर्नु रहेको थियो ।  

गाउँ सहर डेस्क

तपाईँको मत