समाज

लागूऔषध पोल्यान्डसहित चार जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको गौरीघाटबाट लागूऔषध पोल्यान्डसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी घर भई काठमाडौँ गौरीघाट बस्ने बर्ष ४० को अम्मर बर्देवा, धादिङ गल्छी घर भई काठमाडौँ सतुङगल बस्ने बर्ष ३१ को राजु अधिकारी,सिन्धुली बेलवारी घर भई हाल महाराजगन्ज बस्ने बर्ष २३ कि सबिना कार्की र मकवानपुर घर भई थानकोट बस्ने बर्ष ४२ को कालु गोले रहेका छन् । 

उनीहरूको साथबाट प्रहरीले तीन किलो पोल्यान्ड , नगद रु २० हजार २ सय ५०,प्र.०२—०१७ प ७९५० नं.को मोटरसाइकल १ थान र मोबाइल ५ थानसमेत बरामद गरेको जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

 

गाउँ सहर डेस्क

तपाईँको मत