प्रेरणा

कर्म गरिरहनेलाई हरेक स्थानमा मान-सम्मान मिल्दछ, अल्छि नहुनुहोस्

काठमाडौँ । जो व्यक्ति कुनै कामको सुरुवातमा सकारात्मक रहन्छ, उसलाई सफलता मिल्ने संभावना अत्यन्तै बढी हुन्छ । कर्म गरिरहने र सकारात्मक मानिसले हरेक स्थानमा सम्मान प्राप्त गर्दछ भलै ढिलै किन नहोस् ।

जंगलको राजा सिंहलाई मानिन्छ । जंगलका अन्य जनावर सिंहलाई राजा घोषित गर्दैनन् । सिंह कसैमा आश्रित रहँदैन । उ आफैँ आफ्नो पराक्रमबाट राजा बन्दछ । ठिक त्यसैगरी हामीले पनि आफ्नो काम साहससँग गरिरहनु पर्दछ । जो कर्म गर्छ उसलाई घर परिवार साथै समाजमा पनि मान सम्मान मिल्दछ ।

यसै प्रसंगमा केहि विचार मनन गरौँ ।

  • उत्साहित हुनु नै ठूलो शक्ति हो । उत्साहित व्यक्तिको लागि यो संसारमा यस्तो कुनै काम छैन जुन उसले गर्न सक्दैन ।
  • आठ गुणको कारण हरेक ठाउँमा मान-सम्मान मिल्दछ । यी आठ गुणः बुद्धि, चरित्र, आत्मनियन्त्रण, शास्त्र अध्ययन, साहस, आवश्यकता पर्दा बोल्ने, दान र कृतज्ञता ।
  • एक-एक पल विद्या प्राप्त गर्नमा खर्च गर्नुहोस् र एक-एक पैसा कमाउनको लागि काम गर्नुहोस् । समय बर्बाद हुँदा विद्या र साधन समाप्त भएर धनको प्राप्ति हुन सक्दैन ।
  • जंगलमा सिंहले आफ्नो पराक्रमबाट राजा बन्छ । ठिक त्यसरी नै जो व्यक्ति पराक्रमी छ, लगातार कर्म गरिरहन्छ, उ सबैको सम्मानित व्यक्ति बन्दछ ।
  • लोभ सबैको समस्याको मूल कारण हो । लोभको कारण शत्रु बढ्दछन् । आवश्यकताभन्दा कञ्जुस व्यक्तिको नाश हुने गर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत