स्वास्थ्य

विश्वमा ७ करोड ६२ लाख २५ हजार बढीले हराए कोरोनाभाइरस, ०.४ प्रतिशतको अवस्था गम्भीर

काठमाडौँ । विश्वमा कोरोनाभाइरसको संक्रमण १० करोड ४३ लाख ७६ हजार ३५ जनामा पूग्दा ७ करोड ६२ लाख २५ हजारले भाइरसलाई हराएका छन् । तर २२ लाख ६२ हजार ४ जनाको भने मृत्यु भएको छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको यो समाचार तयार पार्दासम्मको तथ्यांकनुसार विश्वमा अहिले भाइरसका २ करोड ५८ लाख ८२ हजार ८९७ सक्रिय केशमध्ये १ लाख ६ हजार ९५५ अर्थात ०.४ प्रतिशतको अवस्था गम्भीर छ ।

नेपालमा अहिले कोभिड खोप अभियान चलिरहेको छ । अहिलेसम्म देशमा भाइरस संक्रमितको संख्या २ लाख ७१ ह्जार २८९ पुगेको छ भने स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ६६ हजार ८५९ छ । तर २ हजार ३० जनाको मृत्यु भएको छ । देशमा अहिले सक्रिय संक्रमितको संख्या २ हजार ४०० मात्र छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत