स्वास्थ्य

मंगलबार १ लाख २८ हजार ६५० ले लगाए कोरोना खोप

काठमाडौँ । कोभिड १९ खोप अभियान अन्तर्गत मंगलबार बेलुका ४ बजेसम्म २०१ खोप बुथहरुबाट ७७ जिल्लामा १ लाख २८ हजार ६५० ले खोप लगाएका छन् ।

यसरी खोप लगाउनेमा प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमतीमा ४५ हजार ३५४, गण्डकीमा १६ हजार २७०, लुम्बिनीमा १७ हजार ९७९, कर्णालीमा ६ हजार ६६० र सुदूरपश्चिममा ८ हजार ९३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत