खेल

फागुन पहिलो साता देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड कप

पोखरा । पोखरामा आगामी फागुन पहिलो साता 'देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७' को आयोजना हुने भएको छ ।

पोखरा महानगरपालिका १ बगरमा क्रियाशिल नयाँगल्ली युवा क्लबले आगामी फागुन ४ देखी ८ गते सम्म भेट्रान्स (३५ वर्ष माथि)  फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगिताका संयोजक हिटलर घलेले बगर सि्थत पुरानो टुडिखेलमा ३५ वर्ष माथीका खेलाडीहरुबीच उक्त प्रतियोगिता सञ्चालन गरिने बताए । उनका अनुसार उक्त प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७० हजार प्राप्त गर्नेछ । त्यस्तै उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिनेछ ।

संयोजक घलेले विधागततर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताए ।

स्व. देश्ना चन्दको स्मृतिमा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि उनका पिता विवेक चन्द र माता ग्रीष्मा चन्दले १ लाख ५० हजार आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत