गाउँ सहर

पोखराका तीन विद्यालयहरुलाई स्वास्थ्य सामग्री

पोखरा । नेलम्बो नेपालले पोखराका तीन् विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ । संस्थाले कोभिड-१९ को विषम् परिस्थितिलाई मध्येजनर गर्दै सामग्री हस्तान्तरण गरेको हो ।

पोखरा–२५, हेमजा स्थित ग्रामप्रकाश आधारभूत विद्यालय, पोखरा -३० को त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालय र पोखरा २६ को लक्ष्मी माध्यमिक विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको हो ।

वडा नं. -२६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको कार्यक्रममा विद्यालयका अध्यक्ष रामकृष्ण जि.सी र प्रधानाध्यापक जगन्नाथ अधिकारी लगायतले नेलम्बोका गतिविधि सराहनीय रहेको औँल्याए । कार्यक्रममा धन्यवाद दिँदै प्रधानाध्यापक अधिकारीले नेलम्बोले विद्यालय प्राङगणमा नै आएर दिएका स्वास्थ्य सामग्रीहरु ग्रहण गर्न पाउँदा खुशी लागेको बताए ।

संस्थाले माक्स, सेनिटाइजर, स्प्रे बोतल, के.एन ९५ माक्स, फेस सिल्ड, हात धुने साबुन, थर्मल गन लगायतका स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको हाे ।

त्रिभुवन शान्ति माविमा भएको कार्यक्रममा वडाध्यक्ष श्रीराम पोख्रेलले नेलम्बो नेपाललाई समग्र वडावासीको तर्फबाट धन्यवाद दिर्दै आगामी दिनमा सहकार्य जारी राख्ने बताए । उक्त कार्यक्रममा र प्रधानाध्यापक मित्रलाल सापकोटाले पनि भनाई राखेका थिए ।

नेलम्बोले तिन विद्यालयमा गरी कुल रु.५९ हजार ६ सय ४६ का स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत