वनमा आधारित उद्योग सञ्चालन गर्दै प्रदेश महासंघ
- गाउँ सहर संवाददाता
- २० माघ मंगलबार, २०७७ | २१:२२:०० मा प्रकाशित
पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्ने भएको छ । महासंघको प्रदेशको राजधानी पोखरामा सम्पन्न आठौँ पूर्ण बैठकले उद्योग स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकार, प्रदेश अन्तर्गतका सामुदायिक वन समूह तथा निजी क्षेत्रको लगानीमा वन क्षेत्रमा खेर गैरहेका वन पैदावारको उपयोग गरि आयआर्जन सहित रोजगारी सिर्जना गर्ने खालका उद्योग गर्ने भएको हो ।
सामुदायिक वन क्षेत्रमा रहेको काठ र गैरकाष्ठलाई आधुनिक प्रविधिको माध्येमबाट बजारको आवश्यकता अनुसारका बिभिन्न कच्च पदार्थ लगायत तैयारी फर्निचर उत्पादन गरि बिक्री वितरण गर्ने लक्ष्य रहेको महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले जानकारी दिए ।
प्रदेश महासंघमा आवद्ध तीन हजार ९०० सामुदायिक वन उपभोक्ता समूहलाई लगानी गर्न आव्हान गरिने बैठकले निर्णय गरेको छ । प्रदेश महासंघको परिषद बैठक आगामी फागुन २५ गते गर्ने समेत निर्णय गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस