स्वास्थ्य

कोरोनाको नक्कली खोप सहित ८० जना पक्राउ

एजेन्सी । चीनमा कोरोना भाइरसविरुद्ध नक्कली खोप बनाएको आरोपमा ८० जनालाई पक्राउ गरेको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार प्रहरीले जियांग्सु, बीजिङ्ग र शानडोंगबाट ३ हजार नक्कली खोप समेत उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

ग्लोबल टाइम्सका अनुसार प्रहरीले गत बर्ष सेप्टेम्बरमा गिरोहले उच्च मूल्यमा खोप वितरण गरेको जानकारी पाएको थियो । सोही अनुसन्धानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ८० जनाको बयान अनुसार उक्त खोप मुलुकबाहिर पनि बिक्री वितरणको तयारी भइरहेको  जनाइएको छ । उनीहरूले सिनोभ्याक खोप भन्दै उक्त नक्कली खोप मुलुक बाहिर पठाउने तयारी गरिरहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

सांघाइस्थित एक खोप विज्ञले ग्लोबल टाइम्सलाई दिएको जानकारी अनुसार ‘खोपको कुनै असर छैन र यसले कुनै स्वास्थ्य समस्या पनि गराउँदैन । उक्त गिरोहले पैसाका लागि नक्कली खोप बिक्री गरेको पाइएको छ । उनीहरुको मानिसहरुलाई घात गर्ने उद्देश्य भएको देखिँदैन ।’चीनमा २ कम्पनी सिनोवाक र सिनाफार्मलाई मात्र खोप लगाउन जिम्मा दिइएको छ। दुबै कम्पनीहरूले अन्य धेरै देशहरूमा खोपहरू पठाउँदै आएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको एजेन्सीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत