अर्थतन्त्र

शेयरबजारमा उछाल, ६५ अंकले बढ्दा नेप्से २५ सय नजिक

  • शेयरबजार
  • २० माघ मंगलबार, २०७७ | १५:५६:०० मा प्रकाशित

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६५ अंकले उकालाे लागेकाे छ । साताको तेस्रो दिन आज (मंगलबार) उछाल आएको छ ।

नेप्सेका अनुसार आज नेप्से ६५.४९ अंकले बढेर दुई हजार चार सय ७३ दशमलब ७४ विन्दुमा पुगेको छ । यो बिन्दु हादसम्मकै उच्च हो । यसअघि माघ १२ गते नेप्से दुई हजार चार सय ४० दशमलब ८७ विन्दुमा पुगेको थियो । 

त्यस्तै, आज ८ अर्ब  ५९ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये होटलबाहेक अन्य सबै समूह बढेका छन् । आज २० भन्दा बढी कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ । 

बजारमा २ सय कम्पनीको १ करोड ५३ लाख २५ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएका छन् ।

होटल बाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । यसदिन इन्स्योरेन्स तथा लघुवित्त समुहमा विशेष आर्कषण देखिएको छ । तीन कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढ्दा दुई दर्जन बढी कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत