गाउँ सहर

बस दुघर्टना हुँदा सिन्धुपाल्चोकमा १९ जना घाइते (ठेगाना-नामावलीसहित)

काठमाडाैं । सिन्धुपाल्चोकमा बस दुघर्टना हुँदा १९ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ११ पुरूष ८ महिला छन्  । 

दोलखाको बुलुङबाट काठमाडाैंका लागि छुटेको रोल्वालिङ यातायातको बा २ ख २७८९ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ भिरकुनामा दुघर्टना हुँदा १९ जना घाइते भएका सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले गाउँसहरलाई जानकारी दिए । 

घाइतेको खाडीचौरको अस्पतालमा उपचार भइरहेको पनि उनले जानकारी दिए । तीव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको बताइएको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको मुडे प्रहरी पोस्टमा बसमा १५ जना यात्रु रहेको विवरण रहे पनि बीचमा यात्रु चढेकाले २५ जना जति यात्रु बसमा रहेको अनुमान गरिएको एसपी अधिकारीले बताए ।

 तस्बिर दिनेश थापाकाे फेसबुकबाट 

गाउँ सहर संवाददाता

तपाईँको मत