कला

पुनः विवाह बन्धनमा बाँधिदै अञ्जु पन्त

काठमाडौँ । गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिने भएकी छिन् । इलामका थिर कोइरालासँग उनको विवाह हुन लागेको हो । 

विवाह हुन लागेको कुरा अञ्जु र थिरले पुष्टि गरेका छन् । “हामी विवाह बन्धनमा बाँधिने कुरा सत्य हो । तर, तत्काल भने होइन,”  “दुबै परिवारबीच कुरा भइरहेको छ । करिव एकवर्ष भित्र विवाह हुनसक्छ ” थिरले बताएका छन् । 

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका खबरहरुले आफूहरुलाई चाँडो विवाहका लागि थप दबाब सिर्जना भएको उनी बताउँछन् । 

तीन वर्ष अगाडि उनीहरुबीच चिनजान भएको थियो । एक वर्षदेखि ‘रिलेसनसिपमा रहेका छन् । थिर २० वर्षदेखि काठमाडौँमा बस्दै आएका छन् । कोइराला गीतकार हुन् । 

सुरुमा मनोजराजसँग विवाह गरेकी अञ्जु केही वर्ष यता सम्बन्ध विच्छेदपछि एक्लै बस्दै आएकी छन् । उनकी छोरी परितोशिका पनि मोडलिङमा प्रवेश गरिसकेकी छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत