कला

बलिउडबाट किन हराइन प्रीति जिन्टा 

एजेन्सी । बलिउड अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि बलिउडबाट हराएकी छन् । बलिउडमा राम्रो पहिचान बनाउन सफल उनले २००० मा अभिनयमा डेब्यु गरेकी थिइन् । 

प्रीतिका फ्यानले अहिले उनको क्युट मुस्कान र दमदार अभिनयलाई सम्झिरहेका छन् । आखिर प्रीति बलिउडबाट किन हराइ ? जो कोहीको मनमा पनि यहि प्रश्न उब्जिएको हुनसक्छ ।

प्रीतिले एक अन्तवार्ताका क्रममा मनोरञ्जन दुनियाबाट म टाढा हुनुको एक कारण यो हो कि मलाई आफूलाई बेच्नु छैन ।’ ‘म जुन काम गर्छु । त्यसैबाट नै चर्चामा रहन चाहन्छु’ उनले बताएकी छन् ।

बलिउडमा कयौँ हिट फिल्म दिएकी प्रीति पछिल्लो समय मणीरत्नमको फिल्म  ‘दिल से’ को सानो भूमिकामा देखिएकी थिइन् । यसपछि उनी शेखर कपुरको फिल्म ‘तारा रम पप’मा देखिने चर्चा चलेको  थियो । तर फिल्मबाट उनलाई हटाइयो । सोल्जर, दिल चाहता है, कोई मिल गया, कल हो ना हो, वीर जारा, अलविदा लगायत उनका थुप्रै फिल्म हिट छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत