समाज

गाँजा सहित दुई जना पक्राउ

तनहुँ । प्रहरीले गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय तनहुँले अवैध लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो । गत आइतबार जिल्लाको शुक्लागण्डकी —५ बेलचौतारा स्थितमा सडक छेउको चौतारामा संकास्पद अवस्थामा बसेको अवस्थामा कास्कीको पोखरा महानगरपालिका —२६ जलधारे बस्ने विवेक राउत र सुमन विकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

राउतले पछाडी भिरेको झोला भित्र प्लाष्टिकको २ वटा पोकामा १ केजी ८ सय ५० ग्राम र विकले पछाडी भिरेको झोला भित्र प्लाष्टिकको पोका पारी १ केजी ७ सय ५० ग्राम लागूऔषध गाँजा गरी ३ केजी ६०० ग्राम अवैध लागुऔषध गाँजासहित ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषध गाँजासहित पक्राउ सोमबार तनहुँ जिल्ला अदालतबाट लागुऔषध गाँजा मुद्दा शिर्षकमा म्याद थप लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत