राजनीति

दाहाल–नेपाल समूहद्वारा निर्वाचन आयोग पुगेर आधिकारिक नेकपाकाे दाबी पेश

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोग पुगेर आधिकारिक नेकपाकाे दाबी पेश गरेकाे छ । 

मंगलबार अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनालसहितका नेता आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी पेस गर्दै पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस गरेका हुन् ।

वरिष्ठ नेता खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीको झन्डै ७० प्रतिशत सदस्य आफूहरुसँग रहेको साथै केन्द्रीय कमिटी बैठकहरुबाट प्रमाणित तथ्य, प्रमाण र विधानको व्यवस्था समेटेर दाबी प्रस्तुत गरेको बताए ।

 

साथै उनीहरूले  केपी शर्मा ओलीलाई अध्यक्षको अभिलेखबाट हटाउन माग गरेका छन् । गएको पुस १२ गते आयोगले पठाएकोमा पत्रमा ओलीलाई पहिलो अध्यक्ष भनेकोमा असन्तुष्टि जनाउँदै अभिलेख सच्याउन माग गरेका छन् ।

नेताले पुस ७ गते नै बहुमत केन्द्रीय सदस्यको बैठकले ओलीलाई अध्यक्षबाट हटाइ उनको सट्टामा अर्को अध्यक्ष चयन गरेको बताएका हुन् ।“संविधानको धारा २६९, २७० तथा २७१ एवम् राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ का उपदफा (१) (२) (३) (४) र (५) अनुरूपका प्रक्रिया र खासगरी सोही दफाको उपदफा (६) बमोजिम ‘दाबी पेस गर्नुअघि अर्थात दुवै पार्टी एकता भइ एकता गर्ने दुवै दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट आयोगमा पेस भएको अर्थात पार्टी एकता हुँदाका अवस्थामा भएको सम्झौतापत्र, घोषणापत्र, अन्तरिम विधान, पार्टीको राजनीतिक प्रतिवेदन तथा विधानबमोजिम गठन भएको केन्द्रीय कमिटीका पदाधिकारीसहितका ४४१ केन्द्रीय सदस्यहरूमध्ये बहुमत केन्द्रीय कमिटी सदस्य रहेको’ निवेदकहरु अध्यक्ष कायम भइ नेतृत्व गरिरहेको यस नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई आधिकारिक राजनीतिक दलको मान्यता पाउने ठह¥याइ, यस पार्टीको गत पुस ७ गतेको उल्लेखित निर्णयबमोजिम निज तत्कालीन अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अध्यक्ष तथा सम्पूर्ण जिम्मेवारीबाट हटाई निष्कासन भइसकेको ठहर गरी यस दलको मिति गत पुस ७ गतेको निर्णयबमोजिम उक्त रिक्त अध्यक्ष पदमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरी मिति २०७५ जेठ ३ गतेको पार्टी घोषणा हुँदा दाखिल भएको पार्टीको, अन्तरिम विधान, लोगो, चुनाव चिह्न, राजनीतिक प्रतिवेदन, घोषणापत्र, रिक्त अध्यक्ष पदको पूर्ति भएको विवरण आयोगको दल दर्ता किताबमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २०७४ को नियम २५ बमोजिम विवरण अमिलेखीकरण तथा कायम गरी पाऊँ,” आयोगमा बुझाएको आधिकारिकता–दाबी पत्रमा भनिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत