समाज

घुस रकम सहित बरिष्ठ हवल्दार प्रहरी नियन्त्रणमा

काठमाडौँ । घुस रकम सहित बरिष्ठ हवल्दारलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुस सहित प्रहरी बरिष्ठ हवल्दारलाई नियन्त्रणमा लिएको हो ।

आयोगले महोत्तरीको गौशाला ५ रामनगर स्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार श्रवण बस्नेतलाई सोमबार नियन्त्रणमा लिएको जनाएको छ ।

हवल्दार बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग १५ हजार घुस लिएका थिए ।

आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले हवल्दारलाई घुस लिइ सकेको अवस्थामा सोही नगरपालिकाको निगौल चोकबाट नियन्त्रणमा लिएको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत