खेल

टाइगर कप भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेश पुरुष टिमको घोषणा

पोखरा । पोखरामा यही माघ २७ देखि फागुन १ गते सम्म आयोजना हुने प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताका लागि आयोजकले टिमको घोषणा गरेको छ ।

प्रतियोगिताको आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा, नेपालले तिन जना वैकलि्पक सहित १५ सदस्यीय टिमको घोषणा गरेको हो । प्रतियोगिताका संयोजक नविन गुरुङका अनुसार गण्डकी प्रदेश पुरुष टिम हरि पाण्डेको कप्तानीमा मैदानमा भिड्ने भएको छ ।

छनोट भएका खेलाडीमा ओपन स्पाइकरतर्फ घनश्याम चौधरी (नवलपुर), किरण गुराउ (नवलपुर), इश्वर थापा (स्याङजा) र सञ्जय परियार (पर्वत) रहेका छन । त्यसै गरि क्वीक स्पाइकरतर्फ राजु विक (वागलुङ), याम क्षेत्री (कास्की) र रुपेन्द्र गैरे (पर्वत) रहेको संयोजक गुरुङले बताए ।

त्यस्तै अलराउण्डरतर्फ हरि पाण्डे (स्याङजा) र सन्तोष थापा (स्याङजा) सेटरतर्फ सूजन चोखाल (म्याग्दी) तथा ठग वहादुर गुरुङ (स्याङजा) रहेका छन भने लिव्रोतर्फ राजन दर्लामी मगर (स्याङजा) रहेका छन । तिन जना वैकलि्पक खेलाडीतर्फ सफल बिक (कास्की), विवश थापा (कास्की र मनोज खड्का (कास्की) रहेको आयोजकले जनाएको छ । आयोजकले टिमको प्रशिक्षकमा रमेश केसीलाई जिम्मेवारी दिएको छ ।

राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र न्यू डायमण्डको सहभागिता रहने छ । यसै गरि पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र गण्डकी प्रदेशको सहभागिता रहने भएको ग्रुपका सचिब प्रकाश बरालले जानकारी दिएका छन ।

गाउँ सहर संवाददाता

तपाईँको मत