गाउँ सहर

बृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

पोखरा । पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रा.ली.ले पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित श्री राधाकृष्ण बृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई देबघाटधाम तीर्थयात्रा गराएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापनाको दोस्रो वर्षका अवसरमा बृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको संस्थाका अध्यक्ष सोमबहादुर थापाले जानकारी दिए ।

कोरोना महामारीका कारण समग्र यातायात क्षेत्रका साथै पर्यटक यातायात सेवा ठूलै मारमा परेको बताउँदै थापाले यसका बाबजुद पनि ज्येष्ठ नागरिकको इच्छा समेतलाई मध्यनजर गर्दै तीर्थयात्रा गराइएको वताए ।

पर्यटकीय नगरी पोखराबाट सुविधासम्पन्न ७० वटा पर्यटक बसका साथै ४०० को सङ्ख्यामा सानो टाटा तथा मझौला बस दैनिक रुपमा सञ्चालन भैरहेको उनको भनाइ छ ।

संस्था स्थापनाको पहिलो वर्षमा संस्थाका तर्फबाट सोही बृद्धाश्रममा पुगी केक काट्नुका साथै ज्येष्ठ नागरिकलाई भोजन गराउँदै संस्थाका पदाधिकारीले पनि ज्येष्ठ नागरिकसँगै सहभोजन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत