गाउँ सहर

मदन-आश्रित स्मृतिपार्कमा वृक्षारोण

कास्की । पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित मदन आश्रित स्मृतिपार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । पोखरा महानगरपालिकाको लगभग तीन रोपनी क्षेत्रफलको जग्गामा मानगोट्रीका १० वटा विरुवा रोपिएको हो ।

स्थानीयको सकृयतामा विरुवा रोप्ने खाल्टा खनिएको थियो भने आवश्यक पर्ने विरुवा सोही स्थानमा निर्माण गरिएको नेपाल बञ्जीले उपलव्ध गराएको थियो ।

स्थानीय मदन आश्रित टोल विकास संस्थाद्वारा आयोजित सो कार्यक्रममा पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले बृक्षारोपण गर्दै वडाको खानेपानी, शिक्षा, सडक स्वास्थ्य र विद्युतीकरणमा जोड दिँदै आएको बताए ।

महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले वडामा तीब्ररुपमा बढेको वस्ती विस्तारसँगै सीमित श्रोत र साधानको अधिकतम उपयोग गर्दै समानुपातिक विकासमा जोड दिँदै आएको बताइन् ।

टोल विकास संस्थाका अध्यक्ष जाङमु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्णध्वज थकाली, सचिव मुना श्रेष्ठ र कोषाध्यक्ष तारादेवी सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा १७ का अध्यक्ष सुभाष ढुङ्गाना लगायतले बोलेका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत