सडक/यातायात

आइएमई ग्रुप अन्तर्गत संचालित VIKING 222 मोडलका बसहरु हस्तान्तरण

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्वारा प्रवर्द्धित अशोक लेलैण्डले ‘काठमाडौंमा एक कार्यक्रम गरी VIKING 222 मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडिका मोडलहरु २०२१ का रहेका छन् । साथै यो अवसरमा VIKING 222, १०० वटा भन्दा पनि बढि बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आज डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलो पटक नेपालमा गुड्ने छन् । गाडि लिने मध्ये एक ग्राहकको भनाई उद्ध्रित गर्दै, "यो गाडि मैले पहिलो पल्ट लिएको हैन, म सँग १० ओटा VIKING बसहरु छन् जुन अहिले पनि पूर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन्, ग्राहकहरुको माग अनुसार आरामदायी यात्रा साथै राम्रो कमाई हुने भएकाले मैले VIKING 222 लाई नै रोजेँ र साथीहरुलाई अरु ब्राण्ड तिर नजान पनि सलाह दिन्छु" भनेका छन् ।

VIKING 222, रुट बसमा चल्ने बस मध्ये सबैभन्दा रुचाएको बस हो । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धन कम खपत हुन्छ, साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ । VIKING 222 मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एच पी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभ, इनलाईन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडि अरु गाडि भन्दा फरक र बिश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताए ।

नेपालमा हरेक लामो दुरी रुटमा VIKING  गाडिहरु चल्दै आएका छन् । अत्याधिक माग अनुसार कम्पनीले ग्राहक वर्ग हरुलाई विशेष सर्भिस पनि दिँदै आएको छ । आफ्ना १३ ओटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा कुनै पनि ठाउँमा गाडि बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत