स्वास्थ्य

घ्युकुमारी प्रयोगका फाइदाहरु

१. अपच हुने र ग्यास फर्मेसनका कारण पेट र छाती दुख्ने गरेको छ भने घ्युकुमारी खाँदा आराम हुन्छ ।

२. यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ ।

३. घ्युकुमारीको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्ने भएकाले मधुमेहका रोगीका लागि पनि यो लाभदायक हुन्छ ।

४. घ्युकुमारीको जुस खानाले रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्टेरोलको समस्या बढ्न पाउँदैन ।

५. उच्च रक्तचापका बिरामीका लागि पनि घ्युकुमारीको जुस लाभदायक हुन्छ ।

६. शरीरका कोष तथा कोषिका बिग्रिएका छन् भने घ्युकुमारीको जुस खानाले पूर्ववत अवस्थामा आउँछन् ।

७. घ्युकुमारी खाँदा शरीरमा भिटामिन र खनिजको मात्रा बढ्न पुग्छ ।

८. गिजाका रोग समाधान गर्न समेत घ्युकुमारी लाभदायक हुने भएकाले घ्युकुमारी मिसाइएको टुथपेस्ट प्रयोग गर्नु राम्रो हुन्छ ।

९. पोलेको ठाउँमा घ्युकुमारी दल्नुभयो भने सञ्चो हुन्छ । साथै, पोलेको दाग पनि गाढा गरी बस्न पाउँदैन ।

१०. आँखावरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ ।

११. अनुहार फुस्रो छ भने घ्युकुमारी दल्ने गर्नाले अनुहार चिल्लो हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत