नगर प्रहरी एप्स सञ्चालनमा
- गाउँ सहर डेस्क
- १९ माघ सोमबार, २०७७ | १६:३४:०० मा प्रकाशित
ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिएको छ ।
उक्त एप्सको प्रयोगले समाजमा देखिने नराम्रा कामलाई दुरुत्साहन गर्न सहयोग पुग्ने जनाइएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज एप्सको शुभारम्भ गर्दै महानगरपालिकाका सकारात्मक र भएमा नकारात्मक दुवै काम एप्समा हालेर समस्या समाधान गर्न अनुरोध गरेका छन् । उनले भने, “महानगरपालिकाले लिएको स्मार्ट सिटी बनाउने योजनामा यसले निकै सहयोग गर्नेछ । महानगरपालिकालाई स्मार्ट सिटी बनाउन साइकल लेनका साथै पानी तथा हरियालीजन्य विभिन्न परियोजनामा समेत हामीले जोड दिइरहेका छौं ।”
कार्यक्रममा क्यापिटल आई प्रालिका कार्यकारी निर्देशक श्रीश कर्माचार्यले एप्सको ‘प्ले स्टोर’ अन गरी ‘एलएमसी सिटी पुलिस एप्स’ खुलेपछि त्यसमा उजूरीको शीर्षक र सूचनाको जानकारी लेखिने ठाउँमा आफ्ना समस्या लेखी तस्वीर हालिदिएर उजूरी गर्न सकिने व्यवस्था गरिएको बताएका छन् ।
उनले भने,“महानगरपालिका कार्यालयमा जडान गरिएको कम्प्युटरमा उजूरी आउँछ । यसैका आधारमा राम्रो काममा तारिफ र नराम्रो काममा दण्ड दिन सकिन्छ । एप्समा आएको सूचना भने गोप्य रहन्छ ।” नगर प्रहरी प्रमुख सीताराम हाछेथुले एप्समा जुनसुकै जानकारी आइसकेपछि आफूहरु त्यस स्थानमा पुगी तत्काल हल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस