राजनीति

रामकुमारी झांक्रीलाई उषाकिरणको प्रश्न : ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले आफ्नो आमाको बारेमा सार्वजनिक रुपमा रामकुमारी झाँक्रीले बोलेको अभिव्यक्तिबारे सामाजिक सञ्जाल फेशबुकमार्फत प्रश्न उठाएकी छन्। उनले झाँक्रीलाई आफ्नो आमाको सारीमा प्रश्न उठाउने तपाई को हो ? भन्दै प्रश्न गरेकी छन् । 

उनले फेसबुकमा लेखेकी छन् —मेरो mom ले मलाई बोलाउनु भयो अनि भन्नुभयो -leadership सबै भिबमभचकजष्उमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन- पहिलेको समयमा इन्दिरा गाँधी देखी अन्तराष्ट्रीय जगतको कुरा गर्दा एँगेला मर्केलको उदाहरण दिनुभयो । आमाको मन हो - आफ्नो घाउ देखाउनु भएन, छोरीहरूमाथी यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो ।

मेरो mom को बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखी हो - यो शुरू गर्ने पत्रकार अहिले retired वरिष्ठ पत्रकार र ठुलो नागरिक अगुवा भइसके। उनीहरूका नया र neo अवतार अहिले छन। म त्योबेला ११ वर्ष जती थिए, mom ले phone भन्नुहुँदैथियो- “म किन अभियानमा ननिसकिनु !? किन घरमा लुक्नु !? उनीहरुले यही चाहेर यो सब गर्दैछन( म भाग्दिन।” मलाई त्योदिन देखीनै हिम्मत प्राप्त भयो । mom ले हामीलाई आफ्नो साहास र दृदताबाट शिक्षित गर्नुभएको छ । 

१ महिना अघि मैले यहीं (facebook) भनेको थिएँ - cyber bully बाट अब सडकमा नारा लाउन शुरु भयो - हामिले आवाज बुलन्द नगरे यस्तो crime ले झन ठुलो रूप लिन्छ - एक महीना नबित्तदै त्यही भयो।  

यहाँ रामकुमारी झांक्रीलाई आफ्नो युवा नेता मान्नेले झांक्रीलाई सुनाइदिनु

१) गल्ती सेतो सारीमा होईन गल्ती दृष्टिकोणमा छ

२) गलत चुनाव लडाउनु होईन, उहाँमाथी त्यसबेलाका शीर्षनेताले गरेको व्यवहार र बोलीमा थियो( अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ - सोधनुहोस गएर !

३) तपाईं communist schooling हो भने - सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने -मेरो momएउटा अकल्पनिय घटना सामना गर्दै हुनुहुन्थियो - तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ - हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए - उहाँले daddy लाई मनपर्ने खानार अचार बनाउन छोडनु भयो - उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौ, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो !? हामी ९/१० वर्षको ले बुझयौ उहाँ tragedy संग cope गर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थियो - तपाईं महिला, ठुलो मान्छे भएर यती बुझनु भएन११रु तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टिका ग्रहणपनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाऊनु भयो - राष्ट्र प्रमुखको निधार खाली हुनुहुदैन भन्ने मान्यताले गर्दा - उहाँको बूढ़ी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिदा - तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो !? Tragedy cope गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ - जुन बाटो स्वयम त्यो व्यक्तिले पनि voluntarily रोज़ेको होईन। हरेक कुरा नाफा र नोकसानमा तुलना गर्न सकिदैन। यदी तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी career महत्वकांगछा हो भने( ठाउ साटौ - तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो daddy, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसंग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ - लिएर जानुस

झांक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्न सुनाइदिनु

गाउँ सहर डेस्क

तपाईँको मत