समाज

ठगी आरोपमा दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सूर्यविनायक ६ बस्ने सिन्धुली सुनकोशी ४ घर भएका ३३ वर्षीय बीर बहादुर तामाङ र सूर्यबिनायक ६ नै बस्ने रामेछाप सुनपाती ७ का २७ वर्षीय ग्याल्छेन लामा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले तामाङलाई शुक्रबार र ग्याल्छेन लामालाई शनिबार पक्राउ गरेको जनाएको छ । 

गत कात्तिक १६ गते भक्तपुर सूर्यबिनायक नगरपालिका ६ गणेश मन्दिर नजिकबाट विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवा सहित पक्राउ गरेको थियो ।

कछुवा सहित पक्राउ परेका धावा लामा र राज कुमार घिसिङलाई बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भन्दै बीर बहादुर तामाङ र ग्याल्छेन लामाले २ लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्क बिहीन रहेका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत