समाज

 ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

धादिङ  ।  पृथ्वी राजमार्ग  अन्तर्गत  धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर २ कोइरालेमा दुई वटा ट्रक एक—आपसमा ठोक्किँदा दुई जनाको मृत्यु  भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मुग्लिङबाट काठमाडौँ जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रकका सहचालक सङ्खुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका वडा नम्बर ९ का किरण प्रताप गुरुङको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नम्बर ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा नम्बर ४ बस्ने कमल शाह गम्भीर घाइते भएका छन्  ।

उनीहरूलाई स्थानीय र प्रहरीले उद्धार गरी राती नै उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत