अर्थतन्त्र

सोमबार उकालो लाग्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य उकालो लागेको छ । आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । 

आज चाँदीको मूल्य पनि बढेको छ।  आइतबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १४०० रुपैयाँमा कारोबार महासंघले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत