भिडिओ

'कान्छी' बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक गणेश सेन्चुरीको स्वरमा 'कान्छी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो नाजिरलाई सुनिशाले बनाएको चटपटे खुबै मनपर्छ। चटपटे खाने बहानामा नाजिर सुनिशालाई सधैं भेट्न जान्छन् अनि दुई जनाबीच माया बस्छ । 

भिडिओमा नाजिर र सुनिशाको 'केमेस्ट्री' देख्न सकिन्छ। भिडि‌ओको कथा संगीत सापकोटाले लेखेका हुन् भने बुद्ध योन्जनले शब्द दिएका छन् ।

गीतको म्युजिक भिडिओमा नाजिर र सुनिशासँगै मोनिस निरौला र महेन्द्र बाठ्ठाको अभिनय रहेको छ। यसलाई मोनिस निरौलाले निर्देशन गरेका छन् भने सौरभ लामिछानेले सम्पादन गरेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत