समाज

चरेशसहित दुई जना प्रहरी नियन्त्रणमा

कञ्चनपुर । प्रहरीले चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । कञ्चनपुरमा चरेशसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् । 

पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट तीन दशमलव १८० मिलिग्राम र गोपालबाट १० दशमलव ८६० मिलिग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ । 

चरेशको कारोवार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा आइतबार दुबैलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिएका छन् । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत