विश्व

म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि

  • एजेन्सी
  • १९ माघ सोमबार, २०७७ | ०९:३८:०० मा प्रकाशित

म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो ।

नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर आएको छ ।

सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको बीबीसीले जनाएकाे छ ।

एजेन्सी

तपाईँको मत