राजनीति

कांग्रेसले आज ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले सोमबार ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्दैछ । कांग्रेसका १३ भातृ संगठनको आयोजनामा देशभर प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन हुन लागेको हो ।

संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद उन्मुख कदम चालेको बताउँदै कांग्रेसले विरोधका कार्यक्रम गर्दै आएको छ ।

यस्तै भ्रष्टाचार, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको कमजोर प्रयासको विरोधमा पनि प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबारको प्रदर्शन ‘रातो प्रतिगमन’ विरूद्ध हुने बताएका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई ‘कालो प्रतिगमन’ र ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई ‘रातो प्रतिगमन’ को शंज्ञा दिएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत