स्वास्थ्य

विश्वभर साढे सात कराेड मानिस काेराेनामुक्त, एक लाख सात हजारकाे अबस्था भने चिन्ताजनक

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ६१ लाख ५६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ७ करोड ५१ लाख १६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १० करोड ३५ लाख १४ हजार नाघेको छ भने मृतकको संख्या २२ लाख ३७ हजार २५२ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ७ हजार ९८६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ६७ लाख ६७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ५२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ६४ लाख ३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९९ लाख ११ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ७ लाख ५८ हजार ६१९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५४ हजार ४२८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ४ लाख ३३ हजार ९८८ जना निको भएका छन् । सक्रिय केस १ लाख ७० हजार २०३ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ९२ लाख ४ हजार जना संक्रमितमध्ये ८० लाख २७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख २४ हजारभन्दा बढी छन् । हाल ९ लाख ५३ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७० हजार ९५९ जना पुगेका छन् भने २ लाख ६६ हजार ३३६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार २९ पुगेको छ भने २ हजार ५९४ जना उपचाररत छन्  ।

गाउँ सहर संवाददाता

तपाईँको मत