लायन्स क्लव पोखरा लेखनाथको प्रशिक्षण
- गाउँ सहर संवाददाता
- १८ माघ आइतबार, २०७७ | २०:२९:०० मा प्रकाशित
लेखनाथ । भर्खरै मात्र गठन भएको लायन्स क्लव अफ पोखरा लेखनाथले आफ्नो सचिवालयको उद्घाटन तथा नयाँ सदस्यलाई स्वागत र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स अभियानलाई सवै क्षेत्रमा पु-याउने उद्धेश्यका साथ सुरु भएको कार्यक्रममा बोल्दै लायन्स क्लव ३२५ वी १ नेपालका पूर्व गर्भनर बालकृष्ण बुर्लाकोटीले सामाजिक प्रतिष्ठासहित मानविय सेवामा गर्ने संस्थाको रुपमा लायन्स क्लव स्थापना भएकाले लायन्स क्लवको अभियानलाई सबै तहसम्म पु-याउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पूर्व डिष्ट्रक गर्भनर दिपक श्रेष्ठले सिक्ने र सिकाउने थलो लायन्स क्लव भएको विचार राखेका थिए भने लायन्स क्लवका पूर्व गर्भनल योगेन्द्र प्रधानले समाजलाई असल बाटो तर्फ अग्रसर गराउनु नै लायन्स अभियान भएको धारणा राखेका थिए ।
लायन्स क्लव अफ पोखरा लेखनाथका अध्यक्ष हरि बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रक चिफ एड्भाईजर मनश्रीरत्न बज्राचार्य को–चिफ एड्भाइजर समुन भट्ट, सहायक चिफ एड्भाईजर मिलन थापा र डिष्ट्रक एओजी मोतीराज तिमिल्सेनालगायतले लायन्स अभियानका बारेमा जानकारी गराएका थिए ।
क्लवका संरक्षक मधुसुधन कोईरालाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष घनश्याम ढुंगानाले गरेका थिए ।
भर्खरै मात्र गठन भएको लायन्स क्लव पोखरा लेखनाथको अध्यक्षमा हरि वस्ताकोटी, प्रथम उपाध्यक्षमा घनश्याम ढुंगाना, द्वितीय उपाध्यक्षमा आनन्द वजगाई, सचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा दुर्गामान श्रेष्ठ रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस