सेवा

हिटरबाट आगाे सल्किएर ज्यान गुमाएका स्वर्गिय ईन्जिनियर दम्पतीका सुपुत्रलाई नेईएसुपकाे सहयाेग

काठमाडाैँ । नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम् प्रदेश कार्यकारीणि समिति धनगढी कैलालीले स्वर्गिय ईन्जिनियर दम्पतीका सुपुत्र प्रयान जोशीलाई आर्थिक सहयाेग गरेकाे छ ।

एसाेसिएसनले आजभन्दा २ वर्ष अगाडि काठमाडौँको कलंकीमा हिटरबाट आगाे सल्किएर ज्यान गुमाएका स्वर्गिय ईन्जिनियर दम्पती ई. पुष्कर राज जोशी एवम् ई.अप्सरा श्रेष्ठका सुपुत्र प्रयान जोशीलाई आर्थिक सहायता गरेकाे हाे ।

नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम् प्रदेश कार्यकारिणी समिति धनगढी कैलालीद्वारा रु. ५१०००|- उक्त बालकको नाममा रहेको कृषि विकास बैंक कालिमाटी शाखामा जम्मा हुने गरि बालकका अभिभावकको उपस्थितिमा सुदूरपश्चिम् प्रदेश सभापति ई. लवप्रसाद जोशीद्वारा चेक हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा नेईए केन्द्रीय कार्यकारिणी सदस्य ई. जनक राज जोशी, नेईए सु.प. प्रदेश समितिका काेसाध्यक्ष ई. नवीन राज जोशी र ई. हरिश बोहराको उपस्थिति रहेको थियो ।

सामाजिक दायित्वलाई वहन गरि सु. प. प्रदेश समितिले विभिन्न कार्यक्रम गर्दै आइरहेको परिपेक्षमा स्वर्गिय दम्पतीको नाबालकलाई पनि सहयोग गरिएको उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत