अर्थतन्त्र

शेयर बजार ५४.७५ अंकले घट्दा झण्डै ९ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आइतबार राताम्मे भएको छ । आज शेयर बजार कारोबार शुरु भएदेखि नै ओरोलो लागेको थियो । 

नेप्सेका अनुसार आज नेप्से ५४.७५ अंकले घटेर दुई हजार तीन सय ७० दशमलब ५४ विन्दुमा थामिएको छ भने आज झण्डै ९ अर्बको कारोबार भएको छ । यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूह राताम्मे भएका छन् ।  नेप्सेका अनुसार आज बजार राताम्मे भए पनि तीन कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । आज शेयर मूल्यमा उच्च बृद्धि हुनेमा प्रभु लाईफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत