१७० वर्षमा मानिसको शरीरको औषत तापक्रम १.१ फरेनहाइट कम भयो, वैज्ञानिक पनि हैरान
- गाउँ सहर डेस्क
- १८ माघ आइतबार, २०७७ | १३:३८:०० मा प्रकाशित
मानिसको शारीरिक तापक्रम घटिरहेको छ । लगभग १७० वर्ष पहिले सन् १८५१ मा हाम्रो शरीरको औषत स्टेन्डर्ड तापक्रम ९८.६ फरेनहाइट थियो, जुन अब विस्तारै-विस्तारै कम हुँदै गइरहेको छ । अहिले तापक्रम ९८.६ फरेनहाइट (३७ सेल्सियस) बाट घटेर ९७.५ फरेनहाइट (३६.३ डिग्री सेल्सियस) भएको छ । यो कुराले वैज्ञानिक पनि हैरान भएका छन् ।
यो दावी स्टेनफोर्ड यूनिभर्सिटीको अनुसन्धानमा गरिएको छ । वैज्ञानिकका अनुसार, बढ्दो मेडिकल सुविधा, गर्मीको कारण लगातार बढिरहेको तापक्रम र एयर कन्डिशनर यसको कारण हुन सक्छ ।
स्टेनफोर्ड यूनिभर्सिटीका मेडिसिन प्रोफेसर डा. जूली पर्सोनेटका अनुसार- अनुसन्धानको लागि तीन तरिकाको डेटाबेसको अध्ययन गरियो । पहिलो डेटाबेस १८६३ बाट १९३० बीच सिभिल वारका २३,७१० भेटरन्सको थियो । दोस्रो १९७१ बट १९७५ बीच अमेरिकामा गरिएको नेशनल सर्वेमा १५,३१० सहभागि थिए । तेस्रो २००७ देखि २०१७ बीच स्टेनफोर्ड यूनिभर्सिटीका १,५०,२८० व्यक्तिको डेटाबेसको अध्ययन गरियो ।
शोधकर्ताकानुसार हरेक दशकमा शरीरको औषत तापक्रम ०.०३ डिग्री सेल्सियस घट्यो । तर शरीरको औषत तापक्रम किन घटिरहेको छ यसको सटिक कारण शोधकर्तालाई प्राप्त भएन ।
अनुसन्धानकर्ता जूली पर्सोनेट भन्छिन्- अध्ययनबाट यो थाहा हुन्छ कि हाम्रो आसपासका चिजहरु परिवर्तित छन् । हामीले लम्बाई र तौलमा परिवर्तन भइरहेको देखिरहेका छौँ । तापक्रम घट्दा हाम्रो शरीर चिसो भइरहेको छ । यसले स्वास्थ्यमा कति असर पर्छ, यसबारेमा केहि भन्नसक्ने अवस्था छैन । एजेन्सीको सहयोगमा
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस