राजनीति

माइतीघरको सडकमा  फेरि धर्ना बसे प्रचण्ड र नेपाल 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध माईतीघरमा आज फेरी धर्ना दिएको छ । उक्त धर्नामा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी भएका छन् ।

पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत धर्ना दिँदै आएको हो ।

नियमित धर्नामा रहेका संघीय तथा प्रदेश सांसदहरुलाई साथ दिन आइतबार अध्यक्षद्वय सहभागी भएका हुन् । 

पार्टीका संघीय र प्रदेश सांसदहरु माघ १४ देखि माइतीघर मण्डलामा दैनिक धर्ना दिँदै आएका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत