विश्व

सुशान्त सिंहका भाई राजकुमार सिंहमाथि गोली प्रहार

एजेन्सी । सुशान्त सिंहका भाई राजकुमार सिंहमाथि गोली प्रहार भएको छ । भारतको बिहारमा दिवंगत अभिनेता सुशान्त सिंहका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको एजेन्सीले जनाएको छ । 

शनिबार बिहान ११ः३० बजे बिहारको सहरसामा उनीहरुमाथि गोली प्रहार भएको हो । राजकुमार सिंह सुशान्तका आफन्ती भाई हुन् । गोली प्रहारबाट राजकुमार सिंह र उनका सहयोगी गम्भीर घाइते भएका छन् ।

सरहसामा यामहा कम्पनीको मोटरसाइकल शोरुम चलाउँदै आएका राजकुमार सिंह आफ्ना सहयोगी अली हसनका साथ शोरुम जाने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । 

उनीहरुमाथि मोटरसाइकलमा आएका तीन जना अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ । गोली लागेका राजकुमार सिंहका सहयोगीको अवस्था निकै गम्भीर भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै एजेन्सीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत