अर्थतन्त्र

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि 

काठाडौँ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । 

चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत