समाज
ट्र्याक्टर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
- गाउँ सहर डेस्क
- १८ माघ आइतबार, २०७७ | १०:५५:०० मा प्रकाशित
सुदूरपश्चिम । ट्र्याक्टर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको म१त ५४२ नंम्बरको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा १ प ४०४ नंम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरका २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताएका छन् ।
दुर्घटनामा घाइते दुवैको घोडाघोडी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो । प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको बताएको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस