खेल

१० औं सस्करणको बगर भाइ खलक एट ए साइड फागुनको अन्तिम साता

पोखरा । कोभिड–१९ को संक्रमण पोखरामा कम हुन थाले पछि एक पछि अर्को गर्दै खेलकुद प्रतियोगिता आयोजना हुन थालेका छन । यसैबीच “स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गर्दै  विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ वर्षको उमेर समुहका पाका खेलाडीहरु समेटेर भेट्रान्सस फुटवल प्रतियोगितामा आयोजना गर्दै आइरहेको पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले १० औं सस्करणको बगर भाइ खलक एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता फागुनको अन्तिम साता आयोजना गर्ने भएको छ ।

भाइ खलकको पोखरामा शनिबार सम्पन्न कार्यसमितिको बैठकले “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” आगामी फागुन २४ देखि २९ गते सम्म आयोजना गर्ने जनाएको हो ।

सम्पन्न बैठकले प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न संस्थाका अध्यक्ष संयोजक तथा उपाध्यक्ष तेज गुरुङ सह–संयोजक रहने गरी १ सय ५ सदस्यीय मुल आयोजक कमिटी गठन गरेको छ ।

प्रतियोगिताको उपाधी विजेता टिमले प्रथम पुरस्कार विजेताले नगद रु. १ लाख ११ हजार रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र, उप विजेताले नगद रु. ५५ हजार ५ सय ५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन । करिव १२ लाख खर्च हुने उक्त प्रतियोगितामा मित्र राष्ट्र भारत र नेपालका गरी करिव २५ टिमको सहभागिता रहने तथा पोखराको टुँडी खेल खोल मैदानमा प्रतियोगिता आयोजना हुने भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत