गाउँ सहर

नेकपा पोखरा–२७ को रक्तदानमा ४० युनिट रगत संकलन

लेखनाथ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) वडा कमिटी पोखरा–२७ ले शनिबार राखेको खुल्ला रक्तदानमा ४० युनिट रगत संकलन भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेकपाका स्थायी कमिटिका सदस्य तथा गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहदा नचाहदै पनि संसद विगटन गर्न बाध्य पारिएको धारणा राखेका थिए ।

 गुरुङले बैशाखमा हुने निर्बाचनको अभियानमा जुट्न समेत नेता गुरुङले कार्यकर्तालाई आग्रह गरेका थिए ।

पहिलो रक्तदाता एकै परिवारका भगवती तिमिल्सेना, सुविन तिमिल्सेना र शन्देस तिमिल्सेनालाई ब्लड ब्याग हस्तान्त्रण गरी सुरु भएको कार्यक्रममा  वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, नेकपा जिल्ला कमिटीका सदस्य नारायणी भटराई, नेकपा नेता टिकाराम पंगेनी, सामुदायिक सेवा केन्द्रका त्रिलोचन लामिछाने, लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय लगायतले नेताहरुले देशमा शान्ति सुव्यवस्था सृजना गरी राजनैतिक अस्थिरताको अन्त्य गर्नु पर्ने सुझाव राखेका थिए ।

नेकपा वडा नं २७ का अध्यक्ष सुर्यमणि लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको  थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत