वातावरण

आइतबार कतै आंशिक बदली कतै हिमपात, पश्चिम तराईका एक-दुई स्थानमा बाक्लो हुस्सु/कुहिरो

फाइल तस्बिर ।

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ ।

हाल प्रदेश न. १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ साथै मध्य तथा पूर्वी तराईका अधिकांश भू-भागहरुमा र पश्चिम तराईका एक/दुई स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

माघ १८ गते (आइतबार) दिउसो प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

यस्तै राती देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

महाशाखा भन्छ- प्रदेश न. १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको साथै तराईका भू-भागहरुमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत