खेल

आर्मी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटकाे च्याम्पियन

काठमाडौं । लगातार दुई पटक फाइनलमा पुगेर उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कपकाे चौथो संस्करणमा भने एपिएफलाई ३३ रनले पराजित गर्दै उपाधि चुमेकाे छ ।

शनिबार भएको रोमान्चक फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो ।

एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । उनले ७१ बलमा ६१ रन जोड्दै खराब सुरुवात गरेको एपीएफको इनिङ्स उकासेका थिए ।

उपाधिसँगै आर्मीले १० लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ५ लाखमा चित्त बुझायो । आर्मीको यो पहिलो एकल उपाधि हो । यस अघि पहिलो संस्करणमा आर्मीले उपाधि पुलिससँग बाँडेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत