खेल

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा वडा स्तरीय रनिङ शिल्ड प्रतियोगिता हुने

कास्की । युवा विकास तथा खेलकुद समन्वय समितिको आयोजनामा माछापुच्छ्रे गाउँपालिका -८ मा वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता माघ २२ गतेदेखि २४ गतेसम्म हुने भएको छ ।

स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकुदको मूल भाव बोकेको प्रतियोगिताले गाउँपालिकाका उक्त स्थानका खेलाडीहरु र खेलकुदको विकासमा टेवा पुर्‍याउने खेलकुद संयोजक जापान गुरुङले बताए । कार्यक्रम संयोजक तेजबहादुर तामाङले मानिस शारीरिक, मानसिक, संवेज्ञात्मक र सामाजिक रुपमा स्वस्थ्य रहनको लागि खेलकूदले मुख्य भूमिका खेल्ने हुँदा खेलक्षेत्र विकास गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

रनिङ शिल्ड प्रतियोगिताका अध्यक्ष सन्तोष गुरुङले पुरुष भलिबल प्रतियोगितामा क्रमशः प्रथम द्वितीय र तृतीय लाई २० हजार, १५ हजार, १० हजार र महिला भलिबल प्रतियोगितामा क्रमश: १५ हजार, १० हजार, ५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र रहेको जनाए । 

गाउँ सहर संवाददाता

तपाईँको मत