अर्थतन्त्र

जन्मदिनको अवसरमा जीवन बीमा उपाहार

लेखनाथ । बीमाको महत्व बुझाउन तथा जन्म दिनमा फजुल खर्च गर्ने परम्परालाई निस्तेज पार्न भन्दै बाबुअआमाले छोराको जन्मदिनको अवसरमा जीवन बीमा उपाहार दिएका छन् ।

पोखरा महानगरपालिका २७ मा रहेको बिशाल एग्रो एवम् तरकारी पसलका संचालक विष्णु लामिछाने तथा शिला लामिछानेले आफ्ना छोरा विशाल लामिछानेको १५औं वर्षको जन्मदिनको अवसरमा रु २० लाख रुपैयाको विमाङ्कक रहेको जीवन विमा उपहार दिएका हुन् ।

आइ एम इ लाईफ ईन्सोरेन्स का वरिष्ठ एजेन्सी म्यानेजर तिलकशाली सापकोटाले एक कार्यक्रमका वीच आइ एम इ बाल उज्ज्वल सावधिक योजना अन्तर्गतको बीमाको कार्ड हस्तन्तरण गरेका थिए ।

जन्मदिनको अवसर पारेर २० लाख बीमाङ्ककको बीमा गरेकामा धन्यबाद दिँदै समाजसेवी राजेन्द्रमणि लामिछानेले मानव जीवनका लागि जीवन बीमा अनिवार्य भएको विचार राख्दै जनताको घरदैलोमा बीमाको महत्व बुझाउने योजना ल्याउन सुझाव दिए ।

सोही अवसरमा लामिछाने दम्पत्तीले जीवन बीमा आर्थिक सुरक्षा र आपत विपतको सम्पत्ति भएको विचार राखेका थिए ।

आइ एम इ लाईफ ईन्सोरेन्स का एजेन्सी म्यानेजर सागर गुरुङ्ग, समाजसेवी वामदेव जमरकट्टेल, सापकोटा बेकरीका संचालक कृष्णप्रसाद सापकोटा लगायतले बीमाको महत्व बारेमा प्रष्ट पारेका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत