स्वास्थ्य

साइकल चलाउँदा २० वर्षे जस्तै हुन्छन् ८० वर्षका वृद्ध, याद राख्नुहोस् यी चार तरिका

कोरोना संक्रमणको समयमा प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) लगातार चर्चामा छ । शरीरमा जब कुनै ब्याक्टेरिया वा भाइरस आउँछ तब इम्युनिटी त्योसँग लड्दछ । राम्रो कुरा यो छ कि तपाईं आफ्नो इम्युनिटीलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ ।

सामान्यतयाः उमेर बढेसँगै इम्युनिटी घट्छ, तर लण्डनको किंग्स कलेजमा ८० वर्षभन्दा बढी उमेर भएका १२५ साइकिलिस्टमा भएको अनुसन्धानले यो बताउँछ कि यो उमेरमा पनि नियमित व्यायामबाट इम्युनिटी २० वर्षको युवाजस्तै राख्न सकिन्छ ।

चिकित्सकका अनुसार, इम्युनिटी दुई प्रकारका हुन्छन् । पहिलो जन्मजात र दोस्रो भ्याक्सिनवाला । अर्को महत्वपूर्ण कुरा, कुनैपनि मौसमले इम्युनिटीलाई असर गर्दैन । बढी चिनी खाँदा, धूम्रपान गर्ने, तनाव, कम निन्द्रा हुँदा इम्युनिटी कमजोर हुन्छ । साथै कमजोर इम्युनिटीका कारण विरामीपनि समयमा निको नहुनु वा लामो संघर्ष गर्नुपर्ने हुन्छ । सामान्य लक्षणले पनि मानिसलाई खत्रक्कै पार्ने गर्दछ ।

यसकारण नियमित व्यायाम र स्वस्थ खानपानले हामी इम्युनिटी बढाउन सक्छाैँ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत